लगातार गिरावटमा रहेको विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स) चालु आर्थिक वर्षको पाँच महिनामा पनि सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार पाँच महिना विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोडमा झरेको हो ।यस्तो विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिमा ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लाग