चिलीले कतारमा हुने आगामी विश्वकपमा इक्वेडरको सहभागिता विरुद्ध फिफामा गरेको अपिल खारेज भएको छ । चिलीले इक्वेडरको राष्ट्रिय टोलीबाट खेल्ने बाइरन क्यास्टिलो ‘खासमा कोलम्बियाली नागरिक भएको र उनी विश्वकपको छनौट चरणमा इक्वेडरको टिमबाट खेल्न नपाउनुपर्ने’ भन्ने तर्क पेश गरेको थियो । फिफाले चिलीले दावी गरे विपरित क्यास्टिलो इक्वेडरकै नागरिक नरहेको देखिएको बताएको छ । ‘उपलब्ध कागजपत्रअनुसार क्यास्टिलोसँग इक्वेडरको स्थायी नागरिकता रहेको देखिएको’ फिफाले भनेको छ ।