प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै

काठमाडौं । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ …

सम्बन्धित सामग्री

निषेधाज्ञा मारमा चितवनका उद्योग–व्यवसाय

चितवन । कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका करीब ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । निरन्तरको निषेधाज्ञा र बढ्दो कोरोना संक्रमणको कारणले कच्चापदार्थको अभाव तथा उत्पादित वस्तुको विक्री वितरणमा समस्या आएकाले उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् । चितवनमा २५ करोडभन्दा बढी लगानीका झण्डै एक दर्जन, १० करोडभन्दा बढी लगानीका करीब १०० र ५ करोड रुपैयाँभन्दा बढी लगानीका झन्डै २०० ओटा उद्योग छन् । एकातिर रोगको त्रासले उद्योगीहरू तथा मजदूर त्रासमा छन् भने अर्कातिर उद्योग बन्द भएमा बेरोजगारीको दर झनै बढ्दै जाने खतरा पनि छ । चितवनमा साना तथा ठूला उद्योगमा हजारौंले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।      चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले अहिले ४० प्रतिशत उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र निषेधाज्ञा थपिँदै जाँदा ५० प्रतिशत उद्योगहरू बन्द हुने अवस्था आउनले बताए । ‘धेरै उद्योगहरूमा कच्चापदार्थको अभाव भएको छ । जेनतेन सामान उत्पादन गरिरहेका उद्योगले पनि सहज रूपमा आफ्नो उत्पादन बजारसम्म लैजान सकेका छैनन्,’ उनले भने । कतिपय उद्योगमा मजदूर तथा कर्मचारी कोरोना संक्रमित भएर उद्योग नै बन्द गर्नुपरेको उनले बताए । ‘अहिले सहज रूपमा उद्योग चलाउने वातावरण भए पनि कोरोना संक्रमणले चिन्तित बनाएको छ,’ उनले भने, ‘खुलेका उद्योगको उत्पादन पनि विक्री वितरणमा समस्या रहेको छ ।’ गतवर्षको लकडाउनमा मारमा परेका उद्योगहरू केही सहज रूपमा चल्दै जाने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर कोरोनाको दोस्रो लहरले झनै बढी समस्यामा पारिदियो । घरपरिवार, आफन्त, मजदूर सबै संक्रमित हुँदै जाँदा उद्योग चलाउने मनस्थिति नै नभएको उद्योगीहरू बताउँछन् । उद्योग वाणिज्य संघ चितवनका पूर्वाध्यक्ष तथा उद्योगी तिलचन्द्र भट्टराईले कोरोनाले सबैलाई समस्या पारेको बताए । होटल र पर्यटन जस्तो उद्योग मात्र नभएर सधैं सदाबहार मानिएको कृषि उद्योगहरू पनि निषेधाज्ञाको मारमा परेका छन् । कृषि क्षेत्रमा लगानी गरेका उद्योग वाणिज्य संघ चितवनका पूर्वाध्यक्ष मित्रराज दवाडी कृषि क्षेत्रमा पनि धेरै समस्याहरू निषेधाज्ञाले थपेको बताउँछन् । ‘पहिले एक घण्टामा हुने काम अहिले दुई घण्टा लाग्न थालेको छ । निषेधाज्ञाले मजदूर पाउन नै गाह्रो छ,’ उनले भने, ‘साना तिना व्यावहारिक कठिनाइ देखिएका छन् । उत्पादन भइसकेपछि पनि यातायात सहज नहुँदा बजारीकरणमा समस्या आउने गरेको छ ।’ निषेधाज्ञाले मर्कामा परेका उद्योगहरूले सरकारले बजेटमार्फत सम्बोधन गरेकाले केही राहत हुने महसूस गरेका छन् । गतवर्षको लकडाउनपछि पनि सरकारले उद्योगीका मागलाई केही हदसम्म सम्बोधन गरेको थियो । चितवन उद्योग संघका अध्यक्ष पौडेलले बन्द हुने अवस्थामा पुगेका उद्योगलाई राहत हुने गरी केही कर्जा र करमा छूट दिएको बताए । डा. भट्टराईले पनि कोरोना महामारी नियन्त्रणमा आएपछि उद्योगीहरूले भोगेका समस्याहरूको समाधानमा सरकारले बजेटमार्फत केही सम्बोधन गरेको बताए । रासस

फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।

कोरोनाले अस्तव्यस्त भारत : शव जलाउनसमेत छैन ठाउँ (केही हृदयविदारक तस्बिरहरू)

भारतमा कोरोना संक्रमणले तबाही मच्चाइरहेको छ। दैनिक ज्यान गुमाउनेको संख्या हजारबाट नाघिसक्यो। दैनिक लाखमा संक्रमित थपिँदै गएका छन्। कोरोनाविरुद्ध खोप बनाएर विश्वभर प्रशंसा बटुलेको भारत आज आफैं चरम स्वास्थ्य संकटमा छ। विश्वको ध्यान यतिबेला भारतमा छ। पछिल्लो २४ घण्टामा त थप ३ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिए। यहाँ कोरोना संक्रमितको कुल संख्या २ करोडको हाराहारीमा पुगिसकेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित मृतक संख्या २ लाख १८ हजार ९

तीव्र गतिमा उकालो लाग्दै कोरोनाको ग्राफ, मृत्तक पनि थपिँदै

नेपालमा २४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । नेपालमा हालसम्म ३ लाख १२ हजार ६९९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकाका छन् । उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपि

थपिँदै कोरोना संक्रमित, २४ घण्टामा ३३७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो संख्या बढेर ३३७ जना पुगेको हो । यसअघि बिहीबार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो । छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको...