भारतमा कोरोना संक्रमणले तबाही मच्चाइरहेको छ। दैनिक ज्यान गुमाउनेको संख्या हजारबाट नाघिसक्यो। दैनिक लाखमा संक्रमित थपिँदै गएका छन्। कोरोनाविरुद्ध खोप बनाएर विश्वभर प्रशंसा बटुलेको भारत आज आफैं चरम स्वास्थ्य संकटमा छ। विश्वको ध्यान यतिबेला भारतमा छ। पछिल्लो २४ घण्टामा त थप ३ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिए। यहाँ कोरोना संक्रमितको कुल संख्या २ करोडको हाराहारीमा पुगिसकेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित मृतक संख्या २ लाख १८ हजार ९