काठमाडौं : सरकारले वैदेशिक रोजगारीका लागि १० हजार स्वास्थ्य जनशक्ति (नर्स) लाई बेलायत पठाउने तयारी गरेको छ। यो विषयमा बेलायत र श्रम मन्त्रालयबीच समझदारी समेत भइसकेको छ। पहिलो चरणमा दुई हजार नर्स जाने बेलायतको तयारी छ। वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ। यसअघि जापान, इजरायललगायत मुलुकसँग नेपालले विशिष्टिकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ।पहिलो चरणमा इजरायलमा केयर गिभरका रुपमा श्रमिक पठाएको छ। छिट्टै नेपाली श्रमिकलाई स्वास्