हट एयर बेलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि नेपालमै पहिलोपटक प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधीर श्रेष्ठले हट एयर बेलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् । सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रा लाइट पाइलट पनि हुन् । एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प