काठमाडौ : रौतहटको राजदेवी नगरपालिकाले प्रमुख धीरेन्द्र कुमार सिंह र उपप्रमुख अंशु सिंह पाएको चार वर्ष पूरा भयो। स्थानीय सरकार सञ्चालन भएपछि नगरपालिकाले कुन आर्थिक वर्षमा कति बजेट ल्यायो, कुन शीर्षकमा कति खर्च भयो? भन्ने जानकारी कसैलाई छैन। यतिसम्म कि नगरपालिकाले नगर सभा कहिले बस्यो? कति बजेट ल्यायो? चालु आर्थिक वर्षमा कति खर्च भयो? नगरपालिकाकी उपप्रमुख सिंहलाई समेत जानकारी छैन।सिंह भन्छिन्,‘म नगरपालिकाको उपप्रमुख हुँ, तर मलाई नगरसभा कहिले बस्छ कोको बस्छन् अहिलेसम्म थाहा