मकवानपुरका स्थानीय जनप्रतिनिधिः ५ वर्षे कार्यकाल उत्पादनमुखी योजनाविहीन

दश वटा स्थानीय तह रहेको छ, मकवानपुरमा । औसत रुपमा मकवानपुरका गाउँपालिकाले समेत करिव अर्बको हाराहारीमा हरेक वर्ष बजेट पारित गर्ने गरेका छन् । तर कुनै पनि स्थानीय तहले यो ५ वर्षको अवधिमा जनतालाई उत्पादनसँग जोड्ने कुनै खास योजना प्रस्तुत गर्न सकेनन् । अधिकांश स्थानीय तहमा कम्यूनिष्ट पार्टीको नेतृत्व रहेको मकवानपुरे जनप्रतिनिधिहरुले उत्पादनलाई भन्दा बढी जोड सडक, पुल निर्माणमा दिँदा जनताको आर्थिक उन्नतिको मूल विषय पछि पर्यो ।चालु आर्थिक वर्षमा मात्र मकवानपुरको विकट कैलाश गाउँपालिकाले ५३ करोड ६६ लाख र