उपत्यकाको प्रारम्भिक मतगणनामा घण्टीको अग्रता

५ मंसिर, काठमाडौं । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका […]

सम्बन्धित सामग्री

स्याङ्जा–२ को प्रारम्भिक मतगणनामा एमालेकी पद्मा अर्याललाई अग्रता

स्याङ्जा - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर–२ मा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । गल्याङ नगरपालिका–६ र ७  तथा भिरकोट–५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ४ सय ४४ मतले अगाडि हुनुहुन्छ । पछिल्लो विवरण अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । अर्यालका प्रतिस्पर्धी कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गर्न...

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

काठमाडौं । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग […] The post एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

काठमाडौं। देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र सचिव सु्रेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम […]

ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । […]

मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता

मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् ।

मधेश प्रदेश : दोहोर्‍याएर उठेकाहरु प्रारम्भिक नतिजामा पछि

१ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा विभिन्न स्थानीय तहमा दोहोर्‍याएर उम्मेद्वार भएकाहरु जारी मतगणनामा पछि परेका छन् । २०७४ सालको निर्वाचनमा जितेर यसपटक पुनः उम्मेद्वार भएकाहरु मतगणनाको प्रारम्भिक नतिजामा पछि देखिएका हुन् । प्रदेश राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पुनः उम्मेदवारी दिएका लालकिशोर साह पछि छन् । पछिल्लो परिणाम अनुसार उनी चौथो नम्बरमा छन् […]

सुरुवाती मतगणनामा बागी र स्वतन्त्र उम्मेदवारको रोचक अग्रता

काठमाण्डाै – पालिका चुनाव २०७९ मा चर्चामा आएका स्वतन्त्र तथा बागी उम्मेदवारहरू प्रारम्भिक मतगणनामा पनि प्रतिस्पर्धात्मक देखिएका छन् । सुरुवाती मतगणनामा ठूला दलहरू कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा भइरहे पनि स्वतन्त्र र बागी उम्मेदवारहरूको परिणाम पनि रोचक देखिन्छ । गठबन्धन वा टिकट वितरणप्रति असन्तुष्टि जनाएका तथा दलीय व्यवस्थालाई चुनौती दिँदै उम्मेदवार बनेकाहरूको पक्षमा पनि राम्रो जनमत देखिएको छ ।  सबैभन्दा बढी चासो र चर्चा भएको काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह मतगणना सुरु हुँदादेखि नै अ...

भारतमा विधानसभा निर्वाचन : प्रारम्भिक गणनामा भाजपा अगाडि

२६ फागुन, काठमाडौं । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ । उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् । युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा […]

सभापतिको प्रारम्भिक मतगणनामा देउवा पहिलो र शेखर दोस्रो, ७०० मत गन्दा कसलाई कति ?

नेपाली कांग्रेसको सभापति पदको प्रारम्भिक मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् भने डा. शेखर कोइरालाले पछ्याइरहेका छन् । सभापति पदका ७०० मतगणना हुँदा देउवाले ३४२, शेखरले २५६ मत पाएका जनाइएको छ । कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

रुसमा संसदीय निर्वाचन, प्रारम्भिक मतगणनामा पुटिनको पार्टी बहुमततर्फ उन्मुख

४ असोज, काठमाडौं । रुसमा संसदीय निर्वाचन सम्पन्न भएको छ । रुसको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक नतिजामा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसिया पार्टी बहुमत उन्मुख देखिएको छ । यद्यपि यो पार्टीले आफ्नो पकड रहेको केही क्षेत्र भने गुमाएको छ । ३३ प्रतिशत मतगणना सकिँदासम्म युनाइटेड रसिया पार्टीले ४५ प्रतिशतभन्दा धेरै मत पाएको […]