स्याङ्जा - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर–२ मा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । गल्याङ नगरपालिका–६ र ७ तथा भिरकोट–५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ४ सय ४४ मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो विवरण अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । अर्यालका प्रतिस्पर्धी कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गर्न...