हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै सत्तारोहण गरेका नेकपा (एकीकृत समाजवादी ) प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पाण्डेले सत्तारुढ गठबन्धन दलमा भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।पाण्डेले हाल रहेको ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउन लागेका छन्। मन्त्रालय फुटाउन लागेका मुख्यमन्त्री पाण्डेले मंसिर १५ गतेको मन्त्रिपरिषद् बै