उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा बलसँग सङ्घर्षमा आठ आतङ्कवादीको मृत्यु

पाकिस्तानको उत्तर–पश्चिमी  खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्कवादीहरूबीचको झडपमा आठ आतङ्कवादी मारिएको सेनाले बताएको छ।सुरक्षा बलले प्रान्तको दक्षिणी बाजिरिस्तान जिल्लाको सारारोघा इलाकामा गुप्तचरमा आधारित कारबाही गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स आइएसपिआरले आइतबार राति विज्ञप्ति जारी गर्दै बताएको छ।“कारबाहीका क्रममा सैनिक र आतङ्कवादीहरूबीच तीव्र गोली हानाहान हुँदा आठ आतङ्कवादी मारिए”, कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद

सम्बन्धित सामग्री

आत्मघाती हमलामा पाँच चिनियाँ मजदुर र चालकको मृत्यु

पेशावर– उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा मंगलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।  पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ । ‘हमलामा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक […]

उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ । उक्त घटना मध्ये एउटा प्रान्तीय राजधानी शहर पेशावरको बाहिरी भागमा भएको थियो, जहाँ सुरक्षा बलहरूले आतङ्ककारीहरू रहेको गुप्त सूचनाका आधारमा कारबाही सञ्चालन गरिएको थियो । उक्त कारबाहीका […]

आतङ्कवादविरोधी कारबाहीमा पाकिस्तानमा दुईको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुटुटै कारबाहीमा दुई आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारबाहीमा दोहोरो भिडन्तमा एक आतंककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ।मारिएका आतङ्ककारी आतङ्ककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ।यसैगरी, उत्तरी वाजिरिस्तान जिल्लामा आतङ्ककारीसँग भएको अर्को भिडन्तमा

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । पाकिस्तानमा आतङ्ककारी हमलामा ४ जनाको मृत्यु उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ । उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच […]

उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादी हमलामा एक जना सैनिकको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको सेनाले बिहीबार राति विज्ञप्तिमार्फत जनाएको छ।

उत्तरपश्चिम पाकिस्तान भिडन्तमा २ सैनिक र २ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको सेनाले बुधबार राति एक विज्ञप्ति मार्फत जनाएको छ । सेनाले आतङ्कवादीहरूको उपस्थितिको सुराकीका आधारमा डेरा इस्माइल खान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनहरू सञ्चालन गरेको सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्सले जनाएको छ। तीव्र गोलीबारीको […]

हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो

गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ ।  यस भूकम्पमा परी नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवित उद्धार गरिएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पका कारण ६०

लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ ।  प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्याप...

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट : १२ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् ।