उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादी हमलामा एक जना सैनिकको मृत्यु
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको सेनाले बिहीबार राति विज्ञप्तिमार्फत जनाएको छ।
सिमकोट – सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युु भएको छ। सिमकोट माथिल्लो बजारस्थित एक कोठामा म्यादी प्रहरीको मृत्यु भएको हो। साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। सर्केगाड गाउँपालिका–६ घर भई सिमकोटमा बस्दै आएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रनाउ […]
काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार मलेशियामा मात्र ३७ जना नेपालीको मृत्यु भएको छ। इराक र युगान्डामा एक–एक जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको छ। कोरोनाका कारण हालसम्म विश्वका २९ राष्ट्रमा ४८६ जना नेपालीको मृत्यु भइसकेको एनआरएनएले जानकारी दिएका छ।
काठमाडौं। भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा ७३० जना डाक्टरको मृत्यु भएको छ। कोरोनाको पहिलो लहरमा भारतमा ७४८ जना डाक्टरको मृत्यु भएको थियो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहरमा सबैभन्दा बढी विहारमा ११५ जना डाक्टरको मृत्यु भएको छ। दोस्रो लहरमा दिल्लीमा १०९, उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ६२, आन्द्र प्रदेशमा ३८ जना र बाँकी डाक्टरको मृत्यु अन्य प्रदेशमा भएको थियो।
काठमाडौं : गण्डकी प्रदेशमा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ।प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कास्कीमा ६ जना, स्याङजाका २ जना र रुपन्देही, पर्वत र म्याग्दीका एक एक जना रहेका छन् ।योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ।
बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँके ३ जना, बर्दिया र दाङका २/२ जना र कैलालीका १...
काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका आठ स्थानमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु् भएको छ भने ५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु र दुई जना घाइते, रोल्पामा एक जनाको मृत्यु र एक जना घाइते, सुनसरीमा एक जनाको मृत्यु भएको छ। यस्तै, दैलेखमा दुई जना घाइते भएका छन्।
शनिवार बिहान प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीका एक जना र रुपन्देहीका एक गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।नवलपरासीको रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ भने रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले जानकारी दिए ।