बागमती प्रदेश सरकारले आगामी वर्षको यातायात योजना सार्वजनिक गरेको छ । आज प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यातायात क्षेत्रको योजना समेत पेस गरेका हुन् । नीति तथा कार्यक्रमका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन खरिदलाई विशेष प्राथमिकता दिइने छ । यस्तै, प्रदेशका प्रमुख शहरहरूमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको छ । निजी क्षेत्रसँ