आर्थिक संकटका कारण श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए ।&