जलवायु परिवर्तनका कारण विश्वका झण्डै एक अर्ब बालबालिका उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अधिकार समूह किड्स राइट्सले झण्डै ८२ करोड बालबालिका उच्च जोखिममा रहेको चेतावनी दिएको हो ।
किड्स राइट्स इन्डेक्सले युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको समेत जनाएको छ । पानीको कमी र गमीको कारण बालबालिका प्रभावित भएका छन् । मलेरिया र डेङ्गीजस्ता रोगहरूले झन्डै ६० करोड बालबालिका वा हरेक चारमध्ये एक जनालाई असर गरेको डच एनजीओ किड्सराइट्सले जनाएको छ ।
रिपोर्टमा आइसल्...