काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहने भएको छ। विहान साढे ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।संसद सचिवालयका अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। हिजोको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९