काठमाडाैँ- संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ। दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल हुनेछ।