राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले विधेयकहरूको मस्यौदा विचौलियाहरूले ड्राफ्ट गर्ने गरेको भन्दै आपत्ति जनाएकी छन् ।सरकारले संसद्मा दर्ता गराएको 'धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१' सरकारको कार्यक्षेत्र बाहिर मस्यौदा भएको भन्दै रास्वपाकी सांसद गौतमले संसदीय समितिमा विषय उठाएकी हुन् ।