सरकारविरुद्ध कांग्रेस सांसद गौतम आमरण अनशनमा

काठमाडौं,३१ वैशाख । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले सरकारविरुद्ध आमरण अनशनमा सुरू गरेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत बर्दियाको विकासका लागि १५ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर उनी बबई नदीको जब्दीघाटमा भासिएको पुलमुनि नदी तटमा अनशन बसेका हुन्। शनिवार साँझदेखि अनशनमा बसेका गौतमले जब्दीघाटमा भत्किएको पुल हटाएर […]