प्रतिगमन विरुद्ध सडकमा ओर्लिए लेखक–कलाकारहरू (फोटो)

प्रकाश थापामगर/काठमाडौँ ।। प्रतिनिधि सभा विघटनको विरुद्धमा लेखक–कलाकारहरू सडकमा ओर्लिएका छन् । प्रगतिशील लेखक सङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ र जनसांस्कृतिक महासङ्घसम्बद्ध लेखक–कलाकारहरू २०७७ पुस २६ गते माइतीघर मण्डलामा ओर्लिएर विरोध व्यक्त गरेका हुन् । कार्यक्रमको सञ्चालन गर्दै प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहले प्रगतिशील लेखक–कलाकारहरूले खालि कविता, कथाजस्ता साहित्य लेख्ने मात्रै सीमित रहने होइन, परिस्थितिअनुसार सडकमै ओर्लिएर विरोध व्यक्त गर्ने गरेको बताउनुभयो । महासचिव सिंहले लेखक–कलाकारहरू परिस्थितिअनुसार कहिले कलमको मोर्चाबाट त कहिले सडकमै ओर्लिएर विरोध प्रदर्शन गर्ने परम्परानुसार अहिले ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको र आगामी दिनमा पनि यो सिलसिला यथावत रहने बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने घोषणा आफ्ना लागि अकल्पनीय भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेकाले प्रतिनिधि सभा नै विघटन गरिहाल्लान् भनेर आफूले नचिताएको बताउँदै त्यसको सशक्त विरोध आवश्यक रहेको बताउनुभयो । त्यसैगरी, प्रलेसका पूर्व केन्द्रीय सचिव पुण्य गौतमले पनि ओलीको जनविरोधी संसद विघटनका विरुद्ध लेखक–कलाकारहरू अग्रपङ्क्तिमा रहेर विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा कविता र गीतमार्फत पनि ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको थियो । त्यस क्रममा बम बानियाले ‘जोक्कर महाराज” शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो भने केशव सिलवालले ‘छुच्चो बादशाह’ शीर्षकमा कविता सुनाउनुभएको थियो । एवम् प्रकारले चेतनाथ धमलाले ‘रामशाहपथको अज्ञात घरबाट’, चीनका लागि पूर्व राजदूत डा. महेश मास्केले ‘एक्काइसौँ शताब्दीको बादशाह र नयाँ लुगा’, बाबा बस्नेतले ‘जङ्गबहादुर’, पारस ढकालले ‘प्रतिगमन मुर्दावाद’ र भीमा गौतमले ‘आगोको रगत’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले ‘छोड छोड साम्राज्यवाद’ र जनगायक प्रदीप देवानले ‘रक्तक्रान्तिको’ शीर्षकको गीत गाउनुभएको थियो ।  

सम्बन्धित सामग्री

नयाँ र पुरानो पुस्ताबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं, कात्तिक १६ । नेकपा (एमाले)का नेता ईश्वर पोखरेल २०६१ सालमा राजाको प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सहभागी हुँदै गर्दा प्रदीप पौडेल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारीमा थिए। त्यतिबेला पौडेल २०५९ असोज १८ को राजाको कदमलाई प्रतिगमन भन्दै काठमाडौंका सडकमा नारा लगाइरहेका थिए। पोखरेल अहिले एमालेको वरिष्ठ उपाध्यक्ष र पौडेल कांग्रेस […]

सरकारविरुद्ध विपक्षी गठबन्धनका विद्यार्थी सडकमा, सडकबाटै प्रतिगमन सच्याउने दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सडक आन्दोलन शुरू गरेको छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले नेता माधव नेपाल निकट अनेरास्ववियू लगायत विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन् ।  विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यो नसच्चिएसम्म विद्यार्थी आन्दोलन नरोकिने बताए । विरोध प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन विदेशी श...

काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्चपास (भिडिओ)

काठमाडौँ / काठमाडौँको सडकमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्चपास भएको छ । बैखाले प्रतिगमन

बाबुको बिँडो थाम्दै आन्दोलनमा

१७ फागुन, काठमाडौं । १४ फागुन यता बालाजुकी शोभा शाही दिनहुँ जसो सडकमा चर्को नारा लगाइरहेकी छिन् । शुक्रबार वृहत् नागरिक आन्दोलनद्वारा माइतीघर मण्डलामा आयोजित ‘विकासको नाममा जारी प्रतिगमन विरुद्ध प्रतिरोध’ कार्यक्रममा सहभागी उनी आइतबार काठमाडौं महानगरपालिका घेर्न गर्न पुगिन् । सोमबार फेरि माइतीघर मण्डलामा आएर प्रश्न गरिन्, ‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो […]

देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए : प्रधानमन्त्री ओली

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गएको बताएका छन् । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई उदेश्य नबोकेको, प्रधानमन्त्री र अध्यक्ष पदका लागि पार्टीमा समस्या पैदा गर्ने तत्व भएको आरोप लगाए । नेकपा ओली समूहले आज बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने –‘उदेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, बाहिरिए, अहिले आत्तिएर सडकमा हिँडेका छन् ।’ 'संसद विघटन भनेको प्रतिगमन हो रे, चुनावमा जानु प्रतिगमन रे,'​ उनले ...

प्रतिगमनविरुद्ध महिलाहरु चुलेसी हसियाँ लिएर सडकमा आउनेछन् : अमृता थापा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षकी नेतृ अमृता थापाले प्रधानमन्त्री ओलीले पार्टी र सरकार संचालन गर्न नसकेपछि प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार गरेको बताएकी छिन्। राजधानीमा आयोजित विरोधसभामा उनले दशक लगाए बनाएको संविधानलाई ओलीले अन्धकारमा धकेलेको बताइन्। महिलाहरुले प्रतिगमन नसच्चिएसम्म सडक नछोड्ने भन्दै उनले ओलीको शासनकालमा महिलाहरुमाथि…

माइतीघरमा गुन्जियो च्याब्रुङ, ओलीको कदमविरुद्ध आज पनि जारी रह्यो आन्दोलन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ। 'प्रतिगमन विरुद्ध प्रतिरोध' भन्दै सुरु भएको बृहत नागरिक आन्दोलन अन्तर्गत आज सागीतिक कार्यक्रमसहित विरोध कार्यक्रम गरिएको हो। ओलीको कदमको विरोधमा 'प्ले कार्ड' सहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्।…