सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले रु दुई करोड बढी विशेष सापटी लिएका छन् । कोषले ३६ महिना योगदान गरेका योगदानकर्तालाई एक साताअघिदेखि विशेष सापटी प्रदान गर्न थालेको थियो । विशेष सापटी लिनेमा सबैभन्दा बढी मोरङका योगदानकर्ता छन् । यसबीचमा ८० बढी योगदानकर्ताले विशेष सापटी लिएको कोषले जनाएको छ । कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ८० प्रतिशत विशेष सापटी लिन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा श्रमिकका तर्फबाट ११ प्र