धादिङको धुनीबेंसी नगरपालिका–९ सिस्नेखोला सुरुङमार्गको निर्माणाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन प्रभावित भएको छ । सुरुङ मार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायल घरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंगा चेक पोष्टसम्म रहेको छ ।पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने