सिद्धार्थ राजमार्गको पहिरो राति नै हटाइँँदै, सवारी आवागमनमा रोक

पाल्पा : पाल्पा–बुटवल सडकखण्डको सिद्धार्थ राजमार्गमा राति नै पहिरो धमाधम हटाउन थालिएको छ। पहिरोपछि सवारी आवागमन ठप्प भएको छ।तानसेन नगरपालिका–८ तल्लो डुम्रेस्थित राजमार्गमा राति नै पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर शिबु खत्रीले बताए। उनका अनुसार बिहीबार अर्थात् आज बेलुकी ७ बजेदेखि पहिरो पन्छाउन थालिएको हो।रातभरि पहिरो पन्छाउने र शुक्रबार बिहान ६ बजेसम्म काम गर्ने उनले बताए। शुक्रबार पनि रातकै समयमा पहिरो हटाइने काम हुने उनले बताए। स्काभेट

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा, भदौ १७ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन्। गए राति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनःपानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध बनेको हो। बिहिबार दिउँसोदेखी पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन सकेको छैन। बिहिबार २ घण्टा एकतर्फी रूपमा […]

सिद्धार्थ राजमार्ग अझै अवरुद्ध

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।आइतबार बिहान खसेको पहिरोले पाल्पा–बुटबल सडकखण्ड अवरुद्ध भएको थियो । आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँ

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

बुधबार राति गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, तल्लो र माथिल्लो सिद्धबाबाको बीचमा ढुंगासहितको ठूलो पहिरो खसेको छ ।

पहिरोको कारण राप्ती र सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं। सल्यानको कपुरकोट गाउँपालिका–३ बसेरीस्थित राप्ती राजमार्गमा आइतबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ। यस्तै, पाल्पाको तिनाउँ गाउँपालिका–३ अर्घाछाप भन्ने स्थानमा आइतबार दिउँसो पहिरो जाँदा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयसँगको समन्वय सडक खुलाउने आवश्यक पहल भइरहेको प्रहरले बताएको छ।

भालुपहाडको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा, जेठ ३० । स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । गएरातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको हो । राति २ बजे ठुलो चट्टानसहित आएको पहिरोको कारण राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको छ । […]

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा : स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीले बताएका छन्।राति २ बजे ठूलो पहिरो गएकाले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन्। सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको छ। बिहान ११ बजेसम्म सडक खुल्ने प्रहर

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो, मुग्लिन – नारायणगढ सडकखण्डमा पहिरो हटाईंदै

काठमाडौं – पहिरोका कारण अवरुद्ध भएको पाल्पाको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । दुईतर्फी नै बाटो खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । बुटवल – पाल्पा सडकखण्डमा पर्ने तिनाउँ गाउँपालिका ३ को हेडबक्स नजिकै राति पहिरो खसेको हो । रातिदेखि बाटो अबरुद्ध हुँदा स्याङजा, पोखरा, बाग्लुङ, अर्घाखाँची, गुल्मी र पाल्पा...

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

१८ असार, बुटवल । सिद्धबाबा नजिकै खसेको पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी सञ्चालन हुन भने अझै केही समय लाग्ने प्रहरीकाे भनाइ छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्समा पहिरो खसेपछि राति ११ बजेदेखि नै सडक अवरुद्ध बनेको थियो । डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो । पश्चिम …

सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध

पाल्पा – बुटवल–पाल्पा सडक खण्डको हेडबक्समा पहिरो खसेपछि सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पाल्पाको हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि आइतबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको छ । ठूलो पानी परिरहेकाले बाटो खुलाउने सम्भावना तत्काल नभएको प्रहरीले जनाएको छ । पहिरोले बाटो बन्दा हुन्दा स्याङजा, पोखरा, बाग्लुङ...

सिद्धार्थ राजमार्ग पहिराेले अवरुद्ध

काठमाडौं – बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि यो सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् ।  विहीबार राति परेको पानीले पहिरो खसेको हो । सडक अवरुद्ध भएपछि यो सडकखण्ड भएर आवत–जावत गर्ने यात्रु समस्यामा...