यति बेला रोपाइँको मौसम सुरु भएको छ । रोपाइँसँगै किसानलाई रासायनिक मलको आवश्यकता पर्छ । सरकारी मल गोदाम हेर्दा रासायनिक मल भरिभराउ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीको भनाइ मान्ने हो भने असारे धान बालीलाई मल अभाव हुँदैन । किनभने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग ८८ हजार ३ सय टन मल मौज्दात छ ।