काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू आफ्नो मूल उद्देश्यबाट विचलित भई बचत तथा ऋण परिचालन र अनुत्पादक क्षेत्रमा केन्द्रित हुँदा अहिलेको समस्या सिर्जना भएको बताएका छन् । मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा गुरुङले सहकारीको ठूलो हिस्सा अर्धबैंकिङ वा माइक्रोफाइनान्सको शैलीमा सञ्चालन हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको […]