चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

ताइयुआन, ४ असोज । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्। बेइजिङ समयअनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२डी वाहक रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि चारवटै उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ। […]