काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले आदिवासी जनजातिले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताएका छन्। म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार नेपाल छन्त्याल संघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाका रूपमा भूमिका खेलेको बताए। ‘हामीले तराईदेखि हिमालको फेदीसम्म हेर्यौँ भने आदिवासी जनजातिको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाँहरू बसोबास मात्रै […]