बाग्लुङ - बाढी पहिरोले क्षति पुगेका निजी आवास समयमा पुनर्निर्माण र पुनःस्थापना हुन नसक्दा पीडितहरु मर्कामा परेका छन् । बाग्लुङमा बाढी पहिरोले क्षति पुर्याएको एक वर्ष बितिसक्दा समेत तीनै तहका सरकारले निजी आवास पुनर्निर्माणमा ढिलाइ गरेका हुन् ।
गएकाे वर्षको वर्षाले क्षति भएका यहाँका १० वटै पालिकामा निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना हुन सकेको छैन । हिउँदमा त्रिपाल र टहरा निर्माण गरेर बसेका पीडितहरु वर्षायाम सुरु भएसँगै पीडाबोध गर्न थालेका छन् । 'गएकाे वर्ष जस्तै पहिरो आउला भन्ने त्रास गाउँमा छ, तीन दिन पानी पर्दा घ...