सरकारले दियो विपद् पीडितलाई नीजि आवास पुनर्निर्माण गर्न २ करोड ८६ लाख

काठमाडौं। सरकारले यसवर्षको मनसुनबाट घर क्षति भई पुनर्निर्माण गर्नुपर्ने विपद् पीडित लाभग्राहीलाई नीजि आवास पुनर्निर्माण गर्न दुईकरोड८६ लाख रुपैयाँ निकासा गरेको छ। उक्त रकम लाभग्राहीलाई वितरण गर्ने प्रक्रियामा रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनाएका छन्। बाढी पहिरो पीडितको नीजि आवास पुनर्निर्माण कार्यलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उच्च प्राथमिकतामा साथ अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले बताए।

सम्बन्धित सामग्री

२० करोडमा पुनर्निर्माण हुँदै विराटनगरको वीरेन्द्र सभागृह

विराटनगर । विराटनगरको वीरेन्द्र सभागृह पुनर्निर्माणले गति लिएको छ । सभागृहको पुरानो भवन प्रबलीकरणसँगै परिसरभित्र नयाँ भवनको निर्माण पनि भइरहेको छ । जीर्ण अवस्थामा रहेको सभागृहको स्वरूप परिवर्तन नहुने गरी विराटनगर महानगरपालिकाले भवनको पुनर्निर्माण गरिरहेको छ । महानगरपालिकाले नगर विकास कोषको लगानी साझेदारीमा सभागृह पुनर्निर्माण अघि बढाएको हो । कोषले १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ भने प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । कुल २० करोड रुपैयाँ लागतमा सम्पन्न हुने सभागृह पुनर्निर्माणको ठेक्का समानान्तर जोशी र श्री ब्यांक्वेट जेभीलाई दिएको छ । भूकम्प प्रतिरोधी समाज एनसेट नेपालको पर्यवेक्षणमा निर्माणाधीन योजनाको डिजाइन अरनिको डिजाइनर प्रालि काठमाडौंले गरेको हो । आगामी मङ्सिरसम्ममा सम्पन्न गरिसक्नुपर्ने सभागृहको कामलाई केही समययता ठेकेदार कम्पनीले पनि तीव्रता दिएको छ । ठेकेदार कम्पनीले सभागृहको पूर्वतर्फ दुईतले भवन निर्माण गरेको छ । भुइँतलामा शौचालय र माथिल्लो तलामा प्रशासनिक शाखाहरू राख्ने उद्देश्यसहित भवन निर्माणाधीन रहेको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । भवनको दोस्रो तला ढलान भइसकेको र अब फिनिसिङ चरणमा जाने बताइएको छ । यसैगरी पूर्वतर्फ निर्माणाधीन अर्को एकतले भवन फिनिसिङ चरणमा छ । त्यसमा विशिष्ट पाहुना कक्ष र मिटिङ हल निर्माण गरिनेछ । त्यहाँ विशिष्ट पाहुना आउँदा बस्ने र बैठक गर्न मिल्ने गरी छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । उत्तरतर्फ पनि नयाँ भवन बनाइएको छ । त्यस भवनमा स्टेज कार्यक्रम गर्नेहरूका लागि चेन्जिङ रूमको प्रबन्ध गरिनेछ । ठेक्कामा बाहिर कम्पाउन्ड र आँगनलाई व्यवस्थित रूपमा निर्माण गरी सभागृह परिसरलाई आकर्षक बनाउने कामसमेत समेटिएको  छ । पुनर्निर्माणका क्रममा पुरानो सभागृहको भवनभित्र र बाहिरका पर्खाल पाँच इन्च मोटाइमा ढलान गरिँदै छ । प्रबलीकरणमार्फत भवन तयार भइसकेपछि भित्र र बाहिर सौन्दर्यकरणको काम अघि बढाइने बताइएको छ । भवनको अघिल्लो भागमा रहेको भर्‍याङ हटाउने र त्यस ठाउँमा ‘वाटर फाउन्टेन’ निर्माण गरिने इन्जिनियर थापाले जानकारी दिए । उनका अनुसार भवनको बाहिरी भागमा दुई ठूला स्क्रिनहरू राखिनेछन् । सभाहलभित्र नअटाएर बाहिर बसेका मानिसले तिनै स्क्रिनहरूबाट कार्यक्रम दृश्यावलोकन गर्न सक्नेछन् । विराटनगर  महानगरपालिकाका प्रमुख भीम पराजुलीले निर्वाचनकै बेला प्रतिबद्धता गरेको सभागृह पुनर्निर्माण कार्यकालको अन्तिम समयमा भए पनि आरम्भ भएको बताए । महानगरपालिकाका अरू धेरै विकास योजना दुई वर्षदेखि अघि बढाउन नसकेको र बाटोघाटोका योजना समेटिएको नगरस्तरीय योजनाको ५० प्रतिशत रकम चालू आर्थिक वर्षमा कटौती गरेको महानगरले सभागृहको कामलाई भने निरन्तरता दिएको छ । महानगर प्रमुखको प्रतिबद्धतामध्येको प्रमुख योजना भएकाले पनि बजेट अभावको असर सकेसम्म सभागृहमा पर्न नदिएको महानगरका एक कर्मचारीले बताए ।

धन्न ढलेन यक्षेश्वर महादेव मन्दिर, संरक्षण कार्य सुरु

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित यक्षेश्वर महादेव मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ। पुरातत्व विभागले भक्तपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमार्फत यक्ष मल्लकालीन उक्त मन्दिरको संरक्षण कार्य अघि बढाएको हो। विभागले उक्त मन्दिर संरक्षण कार्य गर्न ठेक्का दिएको छ। ठेकेदार कम्पनीहरु एनपीएफ र राजले संयुक्त रुपमा २ करोड ५६ लाख ८३ हजार २१ रुपैयाँमा […]

२ करोडको बाटो बनाउन २ लाख बजेट

गत असारको पहिरोले क्षतविक्षत भएको मालढुंगा–कुश्मीसेरा सडक खण्डको गलुवामा पुनर्निर्माण गर्न कम्तीमा २ करोड ५० लाखभन्दा बढी रुपैयाँ खर्च लाग्ने पूर्वाधार कार्यालयले अनुमान निकालेको छ । तर गण्डकी प्रदेश सरकारले यो सडकलाई २ लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ ।

सिन्धुपाल्चोक र नुवाकोटका ४ सय ५९ विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराइने

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुनःस्थापनाका लागि दुई जिल्लालाई करीब २ करोड दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

कमलपोखरीमा साढे २ करोड लिटर पानी हाल्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुनर्निर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तीव्रगतिमा कार्य भइरहेको जानकारी दिएको छ ।पोखरीमा केहीदिनमै लबालब (टनाटन) पानी भर्ने पनि काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए ।‘पोखरी पुनर्निर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । केही दि...

उदयपुरगढी पुनर्निर्माण गर्न थप दुई करोड

जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीस्थित ‘पुरानो गढी पुननिर्माण’ गर्न झण्डै २ करोड बजेट सरकारले छुट्याएको छ । गतसाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न देशभरका १ सय पर्यटन गन्तव्यभित्र परेको उदयपुरगढीको पर्यटकीय प्रबद्र्धन गर्न गाउँपालिकाले थालेको पुरानो गढी पुनर्निर्माणलाई पूर्णता दिन सरकारले भर्खरै १ करोड ९३ लाख रुपैंया छुट्याएको हो ।

पाँच वर्षपछि रानीपोखरीमा पानी भरियो

काठमाडौंस्थित रानीपोखरीमा ५ वर्षपछि पानी भरिएको छ। राजधानीकै प्रमुख आकर्षण केन्द्र मानिने रानीपोखरीमा २ करोड लिटर पानी हालिएको हो। रानीपोखरीमा विगतमा जस्तै सुन्दरीजलको स्वच्छ पानी हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

पाँच वर्षपछि रानीपोखरीमा पानी भरियो

काठमाडौंस्थित रानीपोखरीमा ५ वर्षपछि पानी भरिएको छ। राजधानीकै प्रमुख आकर्षण केन्द्र मानिने रानीपोखरीमा २ करोड लिटर पानी हालिएको हो। रानीपोखरीमा विगतमा जस्तै सुन्दरीजलको स्वच्छ पानी हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

रानीपोखरीमा दुई कराेड लिटर पानी हालियाे : भोलिसम्ममा भरिने

काठमाण्डाै – काठमाण्डौको रानीपोखरीमा धमाधम पानी भरिँदैछ । अहिलेसम्म झण्डै २ करोड लिटर पानी पोखरीमा हालिएको राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले जनाएको छ । प्राधिकरणको आग्रहमा बाग्मती खानेपानीले पानी राखेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माण हेर्दै आएका राजुमान मानन्धरले जानकारी दिनुभयो । उहाँक...

हनुमन्ते खोलाको पुल अन्तिम चरणमा

भक्तपुर नगरपालिका वडा नं ७ स्थित छिपा ताँ (हनुमन्ते खोला) पुलको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुलमा सोमबार ढलान कार्य गरिएको छ । स्थानीय उपभोक्ता समितिमार्फत २ करोड २८ लाख ३ सय ९३ रुपैयाँ लागत इष्टिमेट रहेको पुलको निर्माण कार्य सुरु भएको थियो । बन्दाबन्दी (लकडाउन) का कारण केही समय रोकिएको पुन पुनर्निर्माण कार्य पुनः सुरु भएको हो ।