लन्डन । बेलायतमा कोरोना संक्रमणदर घटेसँगै हाल जारी तेस्रो चरणको लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । यसअघि पनि गतवर्ष मार्च २३ देखि तीन महिना र नोभेम्बर ५ देखि ४ हप्ता लकडाउन जारी गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आइरहेको सरकारी तथ्यांकले देखाएको छ ।हाल देखिएको निरन्तर सुधारका कारण लकडाउन सहज पार्ने उद्देश्यस्वरूप आउँदो मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु खोल्ने घोषणा यसअघि नै प्रधानमन्त्री बोरिस जोन्सनले गरिसकेका