फ्रान्समा लकडाउन खुकुलो : बार र रेस्टुराँ खुल्ने

बीबीसी। फ्रान्समा लकडाउन खुकुलो भएसँगै बार, पसल, रेस्टुराँ र सांस्कृतिक केन्द्रहरू खुल्ने भएका छन्। रेस्टुराँमा छजनासम्म सँगै बसेर खानसक्ने बताइएको छ। फ्रान्समा रात्रिकालीन कर्फ्यु ७ बजेबाट ९ बजे पुर्‍याइएको छ। फ्रान्समा केही सातायता खोप कार्यक्रम तीव्र छ। फ्रान्सले गत ३ मेयता जनजीवन खुकुलो हुन थालेको हो। फ्रान्समा अहिलेसम्म ५९ लाखभन्दा बढी कोरोना सङ्क्रमित र १,०८,२०१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित सामग्री

दिल्लीमा लकडाउन झन् खुकुलो, पार्क देखि बार खुल्ने

एजेन्सी, ६ असार । भारतको नयाँ दिल्लीमा लकडाउन खुकुलो पारिएको छ । दिल्ली सरकारले आइतबार बार, सार्वजनिक पार्क, बगैंचा र गल्फ क्लबहरु सोमबारबाट खोल्ने घोषणा गरेको छ । दिल्लीमा रेष्टुरेन्टहरु सोमबारबाट खोल्न दिने निर्णय लिएको छ । योगा गतिविधिलाई पनि छूट दिइने भएको छ । बारहरु ५० प्रतिशत सिटमा साँझ १० बजेसम्म खोल्न दिने घोषणा […]

लकडाउन खुकुलो भएपनि पोखराका पर्यटक स्तरिय रेष्टुरेण्ट नखुल्ने

कोरोना भाइरसका कारण देशमा लकडाउन भएको ८२ दिन भएसँगै सरकारले लकडाउन खुकुलो पार्दै रेष्टुरेण्टहरु समेत सञ्चालन गर्न अनुमति दिए पनि पोखरा क्षेत्रका पर्यटकीय स्तरका रेष्टुरेण्टहरु भने सञ्चालन नहुने भएका छन् । लामो समय लकडाउन हुँदा व्यवसाय प्रभावित भएकाले अहिलेको अवस्थामा आफूहरुले तत्काल रेष्टुरेण्टहरु सञ्चालन गर्न नसक्ने अवस्था आएको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।