लकडाउन खुकुलो भएपछि स्पेनमा सडकमै उत्सव

एजेन्सी। स्पेनमा कोरोनाका कारण ६ महिनाअघि लगाइएको राष्ट्रिय आपत्काल शनिबार समाप्त भयो। रातिको कफ्र्यु हटाइयो। त्यसपछि मानिसहरु सडक र चौबाटोमै उत्सव मनाउन थाले। लकडाउन खुकुलो पारिनुलाई कतिपयले ‘स्वतन्त्रता’ पाएको बताएका छन्। आधा वर्ष कठोर लकडाउनमा बाँधिनु पर्दा मानिसहरु वाक्क भएका थिए, जब स्पेन सरकारले यसलाई हटायो तब मानिसहरु खुसीले घरबाहिर निस्कन थाले। मानिसहरु विनामास्क सडकमा उत्रिएर कोरोनाको घाउ बिर्सन चाहन्थे।

सम्बन्धित सामग्री