सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण हुँदा सय जनाभन्दा धेरैको ज्यान गएको छ । कम्तीमा २ सय ४० जना घाइते भएका छन् ।
होम्सको सैन्य कलेजमा समारोह चलिरहेका बेला आक्रमण भएको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले जनाएको छ । स्वास्थ्यमन्त्री हसन अल–घाबासले घाइतेहरुको अवस्था पनि निक्कै गम्भीर रहेको बताउनुभएको छ ।
समारोहमा रक्षामन्त्री सहभागी भएर फर्किएलगत्तै ड्रोन आक्रमण भएको थियो । यो घटनालाई सिरियाली सैनिकमाथिको अहिलेसम्मकै घातक मानिएको छ । दीक्षान्त समारोहमा सैन्य अधिकृतसहित उनीहरुका परि...