काठमाण्डाै - इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमीको निवासमा ड्रोन आक्रमण भएको वीवीसीले जनाएको छ ।
राजधानी बग्दादको ग्रीन जोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण भएको हो । आक्रमणमा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री कादिमीले भने आफू सुरक्षित रहेको बताउनु भएको छ ।
उहाँले इराक र इराकी नागरिकको हितका लागि शान्त र धैर्य बन्न आग्रह गर्नु भएको छ ।
यस्तै, अमेरिकाले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको निवासमा भएको ...