भित्री कारोबार, परिवार र नियमन

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र सदस्य चन्द्रप्रसाद ढकाल तथा बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का कार्यकारी प्रमुख चन्द्रसिंह साउद भित्री कारोबारको विवादमा तानिएका छन् । बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरेपछि पहिलोपटक यस विधिबाट धितोपत्र निर्गमन गर्ने अन्तिम चरणमा पुगेको सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर ढुंगाना, ढकाल र साउदले क्रमशः छोरी, भाइ र पत्नीको नाममा किनेपछि भित्री कारोबारको प्रसंग बाहिर आएको हो । बोर्ड र नेप्से दुवैको तालुकी निकाय अर्थ मन्त्रालयले दुवै निकायका नाममा स्पष्टीकरण सोधेपछि अध्यक्ष ढुंगानाले भित्री कारोबार नभएको, छोरी विवाहित भएको हुँदा परिवारको परिभाषामा नपर्ने र असूचीकृत कम्पनी धितोपत्रसम्बन्धी कानूनको परिधिमा नपर्ने भन्दै मुख्यतः तीनओटा विषय उल्लेख गरी स्पष्टीकरण पेश गरेको सार्वजनिक भएको छ । स्पष्टीकरणमा परेको तीनओटा विषय संक्षेपमा विश्लेषण गरिएको छ । ढुंगानाले सर्वोत्तम सूचीकृत नभएको हुँदा धितोपत्रसम्बन्धी कानूनको परिधिमा नआएको कम्पनी हुँदा यसमा धितोपत्रसम्बन्धी कानूनी व्यवस्था लागू हुँदैन भनेर दिएको जवाफसँग सहमत हुन सकिँदैन । भित्री कारोबार ढुंगानाले भित्री कारोबार नभएको भनी दिएको स्पष्टीकरण उचित हो । ढुंगानासँगै अन्यको हकमा पनि भित्री कारोबार होइन । भित्री कारोबार नभए पनि नियमन निकायको माथिल्लो तहमा रहेकाबाट यस्तो कारोबार हुनु नैतिक र नियमसम्मत दुवै होइन । भित्री कारोबार हुनका लागि पहिलो शर्त कम्पनी सूचीकरण भएर खुला रूपमा एक्सचेन्जमा कारोबार भइरहेको हुनुपर्छ । सर्वोत्तम सूचीकृत कम्पनी नभएको हुँदा यसमा भित्री कारोबार भयो भन्नु सर्वार्थ अनुचित हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१(१) मा ‘कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने सार्वजनिक नभएका भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भनिएको छ । यसैको स्पष्टीकरणमा ‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्नसक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ’ भनेको छ । यी दुई वाक्यमा रहेको ‘मूल्यमा असर पार्नसक्ने’ र ‘धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको’ भन्ने दुई वाक्यांशले कम्पनी सूचीकरणमा रहेकोतर्फ इंगित गर्छ । यसको असर र प्रभाव तत्काल आजको भोलि देखिनुपर्छ । यो व्यवस्थाले १ हप्ताको पनि परिकल्पना गर्दैन । भित्री कारोबारमा कोको संलग्न हुनसक्छन् भन्ने विषयमा ऐनको दफा ९२ मा (१) कम्पनीका सञ्चालक, कर्मचारी वा शेयरधनी, (२) त्यस कम्पनीलाई पेशागत सेवा प्रदान गर्ने व्यक्ति (बाह्य लेखापरीक्षक, कानूनी सल्लाहकार आदि) र (३) माथि (१) र (२) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई सूचना र जानकारीमा पहुँच भएको व्यक्ति (लेखापरीक्षण वा ल फर्मको कर्मचारी, सञ्चालक, शेयरधनी वा कर्मचारीको नातेदार आदि) मानिएको छ । ऐनको यो व्यवस्थाले सूचीकृत वा सूचीकरण हुन लागेको कम्पनीका शेयरधनीले शेयर बेचेको घटनाक्रमलाई भित्री कारोबार भन्न मिल्दैन । कम्पनीका शेयरधनीलाई कानूनी बन्देजका कारण वा अदालती आदेशले शेयर बेच्नमा कुनै रोक लगाएको अवस्थामा बाहेक जुनसुकै बेला शेयर विक्री गर्न सक्छन् । शेयर सम्पत्ति हो, यस आधारमा सर्वोत्तमका शेयरधनीले आप्mनो नाममा रहेको शेयर विक्री गर्न सक्छन् । कम्पनी र शेयरधनीले विक्री गर्ने शेयर फरकफरक कुरा हो । स्मरण रहोस् सर्वोत्तमले आफ्नो शेयर बेचेको छैन, सर्वोत्तमका शेयरधनीले बेचेका हुन् । कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न छुट्ट्याएको शेयर कानूनमा तोकिएको विधिबाट ‘मूल्य अन्वेषण’ हुन बाँकी छ । परिवारको प्रसंग अध्यक्षलगायत तिनैजना आफूले शेयर किनेको देखिँदैन । ढुंगानाले छोरी विवाहित भएको, आफूले पालनपोषण गर्नु नपर्ने, परिवारको सदस्य नभएको र आफूले रकमसम्म उपलब्ध गराएको स्पष्टीकरण दिएका छन् । विवाहित छोरी परिवारको सदस्य नमानिने भनी दिएको जवाफमा असहमत हुने ठाउँ छैन । तर, परिवारको परिभाषाको सिमा कुन हदसम्म लागू हुन्छ भन्नेतर्फ दृष्टिगत गर्नुपर्छ । परिवार संकुचित अवधारण हो, यसको उपयोग कर्मचारी वा पदाधिकारीको पदसम्म मात्र सिमित हुन्छ र यो मुख्यतः भरणपोषणसँग सम्बन्ध राख्छ । कुनै संस्थामा आबद्ध भएको अवस्थामा त्यहाँबाट प्राप्त हुने सेवा सुविधाको हदसम्म यसलाई लागु गरिन्छ । जस्तो : कुनै कर्मचारी वा पदाधिकारीको परिवारले प्राप्त गर्ने औषोधोपचार वा बीमा सुविधा ककसलाई दिने भन्ने सन्दर्भमा एकै चूल्होमा खाने, आफैले भरणपोषण र काजकिरिया गर्नुपर्ने सदस्यसम्म सीमित हुन्छ । कुनै पनि आर्थिक कारोबारको सन्दर्भमा परिवार होइन, नजिकको नातेदार हेरिन्छ । परिवार र नातेदार फरकफरक अवधारणा हुन् । समाजशास्त्री÷मानवशास्त्रीले नातेदारी प्राथमिक, द्वितीयक र तृतीयक गरी तीन तहको हुने बताएका छन् । भारतीय समाजशास्त्री डा. श्यामाचरण दुवेले पिता, माता, दाजुभाइ, दिदीबहिनी, पति, पत्नी, पुत्र, पुत्री गरी ८ ओटा प्राथमिक नाता हुने बताएका छन् । प्राथमिक नाताका, प्राथमिक नातालाई द्वितीयक र द्वितीय नाताका पनि प्राथमिक नातालाई तृतीयक नाता भनिन्छ । अमेरिकी समाजशास्त्री जर्ज पिटर मुरडोकले द्वितीयक र तृतीयक नाता क्रमशः ३३ र १ सय ५१ ओटा हुने बताएका छन् । धितोपत्र बोर्ड सूचीकृत र सूचीकृत हुने क्रममा रहेका कम्पनीको नियामक हो । कम्पनीको सन्दर्भमा नातेदारको लर्को खोजी गर्दा कम्पनी ऐन, २०६३ आकर्षित हुन्छ । ऐनको दफा २(त्र) मा ‘नजिकको नातेदार’ भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासू, ससुरा, दाजुभाइ, दिदीबहिनी, भाउजू, बुहारी, सालासाली, भिनाजु, काकाकाकी, मामामाइजू, छोराछोरी, छोराबुहारी, नाति, नातिनी, नातिनीबुहारी वा ज्वाइँ सम्झनुपर्छ’ भनेको छ । यस परिभाषाले ‘विवाहित वा अविवाहित’ केही नभनी ‘छोरी’ मात्र भनेबाट ‘विवाहित छोरी’ भनेर उन्मुक्ति पाइँदैन । कम्पनी ऐनले दिएको नजिकको नातेदारको सूची अपूरो देखिएको हुँदा प्राथमिक, द्वितीयक र तृतीयकसमेत १ सय ९२ ओटा नातेदारलाई समावेश गर्नुपर्ने देखिन्छ । मित र धर्मपुत्र/पुत्री नपरेको भए यसलाई पनि समेट्नुपर्छ । नियमनको परिधि ढुंगानाले सर्वोत्तम सूचीकृत नभएको हुँदा धितोपत्रसम्बन्धी कानूनको परिधिमा नआएको कम्पनी हुँदा यसमा धितोपत्रसम्बन्धी कानूनी व्यवस्था लागू हुँदैन भनेर दिएको जवाफसँग सहमत हुन सकिँदैन । हरेक पब्लिक कम्पनी सम्भावित सूचीकृत कम्पनी हुन् । त्यसमा पनि सर्वोत्तमले साधारणसभाबाट सूचीकरणमा जाने प्रस्ताव पारित गरिसकेको हुँदा धितोपत्रसम्बन्धी कानूनको परिधिमा आइसकेको छ । अझ सर्वोत्तमले धितोपत्रसम्बन्धी ऐनकै अधीनमा बनेको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ अनुसार विक्री प्रबन्धकसमेत नियुक्त गरिसकेको अवस्थामा सर्वोत्तम धितोपत्रसम्बन्धी कानूनको परिधिमा पर्दैन भन्ने जवाफसँग सहमत हुन सकिँदैन । सूचीकरणमा आउने भन्ने निर्णय हुनासाथ कुनै पनि कम्पनी नियमनको परिधिमा आइसकेको हुँदा यसलाई नियमन गर्न छुट्टै निर्देशिका तर्जुमा गरी यथाशीघ्र लागू गर्नुपर्ने देखिन्छ । निर्देशिकामा साधारणसभाले सूचीकरणमा जाने प्रस्ताव पारित गरेदेखि सूचीकरण नभएसम्म केके गर्न पाइने केके गर्न नपाइने उल्लेख गर्नुपर्छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

परिवार नियोजनको सबैभन्दा उत्तम तरिका के हो ?

परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् । कण्डम, पिल्स, डिपोप्रोभेरा (तीनमहिने सुई), इम्प्लान्ट, आईयूसीडी (कपरटी) आदि परिवार नियोजनका अस्थायी साधन हुन् । परिवार नियोजनको अस्थायी साधनका आ–आफ्नै फाइदा र […]

दाङका १० प्रतिशत परिवार भाडामा

दाङ– जिल्लामा करिव १० प्रतिशत परिवार भाडामा बस्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा ९.४ प्रतिशत परिवार भाडामा बस्ने गरेका छन् । जिल्लामा १ लाख ६२ हजार २ सय ६६ परिवार रहेका छन् । जसमा ८९.८ प्रतिशत परिवार आफनै घरमा, ०.४ प्रतिशत संस्थागत र ०.४ प्रतिशत अन्यमा बस्ने गरेका छन् […]

व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार

यस वर्षको परिवार नियोजन दिबसको नारा 'व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार' रहेको छ। यसै सम्बन्धमा जानकारी दिनको लागि मदत पुगोस भन्ने दृष्टिकोणले यो लेख तयार गरिएको हो।

विराटनगरमा बाढीका कारण १७५ परिवार विस्थापित

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित […]

संखुवासभाको चिचिलामा पहिरोले १० परिवार विस्थापित

संखुवासभा :चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन्। लगातारको वर्षासँगै पहिरोले चिचिलाका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका हुन्। चिचिला गाउँपालिका वडा नं. १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए। पहिरोले वडा नं. १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन्। यस्तै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन्। वडा नं. ३ मु

अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो

काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।

एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो सङ्गठन रहेको दाबी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौँ’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ […]

कोइराला परिवार किन एक भएनन् ?

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको राजनीतिको केन्द्रमा कोइराला परिवार बन्दै आएको छ । वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला काँग्रेसको नेतृत्वमा रहे । संस्थापक नेताहरु मातृका र वीपी २०१७ साल अघि प्रधानमन्त्री पनि भएका थिए । पञ्चायतको ३० वर्षे कालखण्डमा काँग्रेसमाथि प्रतिबन्ध लाग्यो । त्यतिबेला कोइराला परिवार संघर्षको मैदानमा थिए । […]

पत्रकार, पर्व र परिवार

पत्रकार, पर्व र परिवार तीनवटै शब्दको प्रारम्भ एउटै अक्षर (प) बाट हुन्छ । एउटै अक्षरबाट सुरू भएपनि पर्वमा पेशा र परिवार बीचको सम्बन्धमा सामञ्जस्यता कायम गर्न प्रकाशन भन्दा प्रशारण माध्यमका पत्रकारलाई सकस हुन्छ । विशेषगरी पर्वमा पेशा र परिवार दुश्मन जस्तो लाग्छ । पेशा र परिवारको दूरी टाढा भएका धेरै पत्रकारलाई चाडपर्वको प्रतीक्षा सायदै हुन्छ […]

परिवार नियोजन: स्वस्थ र सुखी जीवनको आधार

नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाइन्छ।