काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी नभएको प्रहरीले बताएकाे छ । ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अध्ययन छ ।
काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले ग्यास लिक भएर आगलागी भएको तर सिलिन्डर विस्फोट भएको भन्ने जानकारी नभएको बताउनुभयाे । ग्यास लिक भएर आमाले बोलाएपछि गएर बत्ती बालेर हेर्दा आगलागी भएको भन्ने आशङ्का प्रहरीको छ । रिजाल भन्नुहुन्छ, ‘ग्यास लिक भएपछि आमाले छोरालाई बोलाउनुभयो । छोरा आए...