भोजपुर : ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गयाे, आमा घाइते

भोजपुर - भाेजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।  हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालककाे उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएकाे हाे । उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आम...