ग्यास लिक भई आगलागी हुँदा चारवटा सिलिण्डर बिष्फोट, लाखाैकाे क्षति
सिराहाको गोलबजार नगरपालिका ४ गोलबजारमा चिया खाजा पसलमा ग्यास लिक भई आगलागी हुँदा चारवटा सिलिण्डर बिष्फोट भएका छन् । सिलिण्डरबाट सल्किएको आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले...
काठमाण्डाै - भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ३३ वर्षका रामकुमार सार्कीको ज्यान गएको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेमा ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा सार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
असार १ गते राति आफ्नै घरमा ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका सार्कीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका क
भोजपुर - भाेजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।
हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालककाे उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएकाे हाे ।
उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आम...
पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ
काठमाडौं : गोरखा शहीद लखन गाउँपालिका–७ बुंकोटस्थित तिवारी गाउँमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। आगलागीमा परी ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको गोरखाका एसपी केदार खनालले जानकारी दिए। उनका अनुसार आगलागीमा परी वस्तीको शरीर ९० प्रतिशत जलिसकेको अवस्थामा भेटिएको हो। शुक्रबार राति पानी वा चिया तताउन ग्यास खोल्दा आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बस्तीभन्दा अलि पर जंगलमा केशरीमाया एक्लै बस्ने गरेकी थिइन्। शनिबार बिहान ६ बज
लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्
लमजुङको बेसीसहर नगरपालिका १० खासुरबेसीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् ।
आइतबहादुर गुरुङको घरमा बसेका...
वीरगन्ज । बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो । २५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको […]
भक्तपुर – मध्यपुरथिमी नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ। मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति […]