माधव नेपाल छाडेका एमाले नेताहरुको भेला : ओलीले १० बुँदे कार्यान्वयन नगरे विद्रोह* गर्ने

काठमाडौं, ४ भदौ । पार्टी एकताको लागि भन्दै आन्तरिक गृहकार्य गरिरहेका नेकपा (एमाले) का माधव नेपाल समूहमा रहेका तर पार्टी विभाजनमा नेपाललाई साथ नदिएका नेताहरुको छुट्टै भेला भएको छ । आज बसुन्धारास्थित् एक पार्टी प्यालेसमा भएको भेलाले पार्टी एकताको लागि अझै पहल गर्ने निश्कर्ष निकालेको हो । एकताको लागि यसअघि कार्यदले अघि सारेको १० बुँदे […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशनमा १० बुँदे पक्षधरले कसरी पाए ओलीको भन्दा धेरै मत ?

काठमाडौँ । चितवनमा सम्पन्न नेकपा एमालेको दसौँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउनेमा परिन् उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । धेरैको अनुमान विपरीत शाक्यले सबैभन्दा बढी मत ल्याउन सफल भइन् । विगतमा माधव नेपाल निकट रहेर केपी ओलीको चर्को आलोचना गर्ने नेतृ हुन् शाक्य । तर, भदौ २ मा माधव नेपालले अलग पार्टी गठन गर्दा शाक्य एमालेमै बसेर धेरैलाई आश्चर्यमा पारिन् ।मङ्सिर १४ गते साँझ एमाले महाधिवेशनको नतिजा सार्वजनिक गर्नुभन्दा केही अघिसम्म शाक्यसहित एमालेका १० बुँदे पक्षधर नेताहरूको पक्षमा ‘कति नै मत आउल

१० बुँदे भनेर ओलीसँग गएका नेताको हरिबिजोग भयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै एमालेमै रहेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका छन् ।  एकीकृत समाजवादीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको चावहिलमा आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेमै रहेका नेताको ओलीकै कारण हरिविजोग भएको बताएका हुन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गर्‍यो भने मात्रै स्याबासी पाउने नभए हरिविजोग हुने अवस्था रहेको नेपालले बताए ।  ‘ओलीको...

१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छ : माधव नेपाल

६ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए । ‘…आदेशको पालना गर्‍यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने […]

एमालेले १० बुँदे सहमित कार्यान्वयनमा लैजाने, माधव नेपाल के गर्लान ?

नेकपा (एमाले) ले पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कार्यदलमा सहभागी रहेका एकता पक्षधर नेताबीच आइतबार बालकोटमा भएको छलफलमा कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको हो । सहमति कार्यान्वयनका लागि भोलि मङ्गलबार पार्टीको स्थायी …

माधव नेपाललाई ‘छाडेका’ नेताहरुको ओलीलाई अपील : १० बुँदे अक्षरश: कार्यान्वयन गर

३ भदौ, काठमाडौं । माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् । माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरुले सहमतिको अक्षरश: कार्यान्वयनमा जोड दिएका हुन् । २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने […]

एमाले विवाद मिल्दा के हुन्छ देउवा सरकारको भविष्य ?

नेकपा एमालेमा विवादरत दुई पक्षमध्ये माधव नेपाल पक्षले पनि कार्यदलले तयार गरेको १० बुँदे सहमतिको जगमा पार्टी विवाद समाधानको प्रयास गर्ने भनेपछि ढिलोचाडो एमाले विवाद मिल्ने दिशातिर गएको चर्चा राजनीतिक वृत्तमा छ । यससँगै अर्को विषयले पनि बहसमा प्रवेश पाएको छ । त्यो हो– एमाले विवाद मिल्यो र माधव नेपाल पक्षका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य के हुन्छ ?  प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले मत दिएका थिए  । उनीहरूले मात्रै ...

नेपाल समूहको बैठकमा १० बुँदे सहमतिबारे भीम रावलको ब्रिफिङ

नेकपा एमाले माधव नेपाल पक्षको बैठकमा भीम रावलले १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका छन्। उनले बैठकमा माधव नेपालले आफ्नो धारणा राखे लगत्तै कार्यदलले गरेको १० बुँदे सहमतिबारे बोलेका थिए। उनले कार्यदलले...

माधव नेपाल पक्षका नेताहरूले भने– आजको बैठक पार्टी विभाजनका लागि होइन

नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टी विभाजनको निर्णय गर्नका लागि नभएको बताएका छन् । माधव नेपाल पक्षका सचिव भीम आचार्यले १० बुँदे सहमतिको आधारमा पार्टी एकता गरिने बताए ।  ‘नेताहरूका व्यक्तिगत विमति होलान्, तर १० बुँदे सहमतिलाई आधार मानेर छलफल गर्नुपर्छ,’ केन्द्रीय कमिटीको बैठकमा प्रवेश गर्नुअघि लोकान्तरसँग कुरा गर्दै आचार्यले भने, ‘हाम्रा शत्रुहरू एमाले विभाजनको पक्षमा छन् । उनीहरूको विपक्षमा उभिनु पर्छ । पार्टी विभाजन गर्न दिनु हुन्न ।&rsquo...

कार्यदलको १० बुँदे प्रस्ताव परिष्कृत गर्नुपर्छः युवराज ज्ञवाली

नेकपा एमालेको माधव समूहका नेता युवराज ज्ञवालीले यसअघि एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव परिष्कृत गरेरमात्रै पार्टी एकता हुने बताएका छन् ।उनले माधव नेपाल समुह हरसम्भव उपायबाट एमाले एकताको पक्षमा उभिने पनि प्रस्ट पारेका छन् ।‘यसअघि कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई थप अपडेट र परिष्कृत गरेर सहमति खोज्नुपर्छ । त्यसो गरियो भने एमाले एकता सम्भव छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘एमालेलाई दक्षिणपन्थी भासबाट जोगाउन पनि पार्टी एकता जरुरी देखियो त्यसका लागि १० बुँदेलाई