नेकपा एमाले प्रदेश १ मा १० बुँदे पक्षधर कमजोर देखिएको छ । १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष बनेका छन् । पूर्व मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरमा शरण राई अध्यक्ष बनेका छन् । आफूलाई बलियो बनाउनका लागि पूर्व मुख्यमन्त्री राईले शरणलाई सर्वसम्मत अध्यक्ष बनाएका हुन् ।अन्य जिल्लामा भने १० बुँदे पक्षका नेताहरू पाखा लागेका हुन् । यसअघि नेतृत्व गरिरहेका तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारी तथा ताप्लेजुङका बलबहादुर साम्सोहाङ भने पाखा लागि सकेका छन् । शु