पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित बीपी राजमार्गमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।सो पहिरो सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस खुर्कोटबाट खटिएको टोलीले हटाएर सडक खुलाएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार डोजरको सहायताले पहिरो पन्छ्याएपछि राजमार्ग सञ्चालनमा आएको हो...