चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ ।
चीनको सिनोफार्मद्धारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पु¥याउने चिनियाँ दूतावासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।
मंगलबार चिनियाँ खोपको उद्घाटन समारोहमा भाग लिएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा स...