बाढीले पुल बगाएपछि यसरी जोड्यो नेपाली सेनाले मनाङका २ वटा बजारलाई (तस्विरहरु)

काठमाडौं- नेपाली सेनाले बाढीले पुल बगाएपछि मनाङको चामे गाउँपालिका-३ स्थित नयाँ बजार र चामे बजारलाई रातारात काठको पुल बनाएर जोडेको छ। नेपाल प्रहरीसँगको सहकार्यमा उक्त पुल तयार भएको नेपाली सेनाले जनाएको छ। सेनाको सक्रियतापछि सर्वसाधारणले आवातजावत सुरु गर्न थालेका छन्।

सम्बन्धित सामग्री

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउँदै नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बिपि राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेलिब्रिज जडान कार्य सुरु गरेको छ । यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो । यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्...

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउँदै नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बिपि राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेलिब्रिज जडान कार्य सुरु गरेको छ । यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो । यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्...

खुर्काेटमा बेलिब्रिज जडान सुरु

काठमाडौँ - सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्काेटमा नेपाली सेनाले आजदेखि बेलिब्रिज जडान सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाश...

खुर्काेटमा बेलिब्रिज जडान सुरु

काठमाडौँ - सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्काेटमा नेपाली सेनाले आजदेखि बेलिब्रिज जडान सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाश...

हेवा खोलामा फड्के बनेपछि फर्कियो खुशी (फोटो फिचर)

बाढीले पुल बगाएपछि वारपार गर्ने माध्यम टुटेको मेची राजमार्गस्थित फिदिम-भारपाखण्डको हेवा खोलामा नेपाली सेनाले फड्के बनाएसँगै स्थानीयको खुशी फर्किएको छ।

दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज

सिन्धुपाल्चोक, असार २३। सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे। पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै […]

हेलम्बुमा बेलिब्रिज सञ्चालन

हेलम्बु : हेलम्बुको चनौटेमा रहेको पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले चनौटेमा निर्माण भएको बेलिब्रिजको पुल आज उद्घाटन गरेका हुन्।गत असार १ को बाढीले सामान्य क्षति पुर्‍याएको पुल साउन १६ र १७ को  बाढीले बगाएको थियो। हेलम्बु गाउँपालिका २ र ७ जोड्ने उक्त पुल नेपाली सेनाले बनाएको हो।पुल बगाएपछि हेलम्बु गाउँपालिका राष्ट्रिय राजमार्गबाट सम्बन्ध विच्छेद भएको थियो भने गाउँपालिकाकै केही वडा र मेलम्ची नगरपालिकाको केही वडा समेत पालिका केन्द्रबाट सडक सम्पर्कविहीन

बेनी–जोमसोम सडकका ४ ओटा बेलिब्रिज प्रयोगविहीन

कात्तिक २३, म्याग्दी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकमा चार ओटा बेलिब्रिज प्रयोगविहीन भएका छन् । अर्कोतर्फ सडकको विभिन्न ठाउँका खोलामा पुल नहुँदा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवतजावत् प्रभावित बनेको छ ।  स्थायी पक्की पुल निर्माण भएपछि अस्थायी रुपमा सवारीसाधन आवतजावत गराउन बनाइएको बेलिब्रिज प्रयोगविहीन बनेका हुन् । दुई ओटा बेलिब्रिज प्रयोगविहीन बनिसकेको बेनी–जोमसोम सडकका थप दुई ओटा बेलिब्रिज पनि विस्थापित हुने अवस्थामा रहेका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जानकारी दिएको छ ।  आयोजना प्रमुख जगत प्रजापतिले म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ महभिर र मुस्ताङको थासाङ गाउँपालिकाको लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलिब्रिज प्रयोगविहीन बनेको बताए ।  ‘अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा पर्ने पाखेरेबगरस्थित कालीगण्डकी र बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित राहुघाट नदीमा पनि पक्की पुल निर्माणको अन्तिम चरणमा छ’, उनले भने, ‘लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न ठेक्का सम्झौतामा उल्लेख भए पनि अन्य पुल स्थानान्तरणका लागि नीतिगत निर्णयको आवश्यकता छ ।’ विसं २०६३ मा मार्ग खुलेको ७६ किलोमिटर दूरीको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा पक्की पुल निर्माण नहुँदासम्मका लागि नेपाली सेनाले बेलिब्रिज बनाएको थियो । रघुगंगा गाउँपालिका–१ बेगखोलाको बेलिब्रिज बाढीले बढाएको थियो । अन्य ठाउँका बेलिब्रिज सामान्य मर्मत गरेर स्थानान्तरण गर्न सकिने अवस्थाका छन् ।  बेगखोला, रुप्सेखोलालगायतका ठाउँमा पुल नहुँदा बर्खा याममा बाढी आउदा बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित हुने गरेको छ । लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न पक्की पुल निर्माणको ठेक्का सम्झौतामा उल्लेख भए पनि स्थानान्तरण गर्ने ठाउँ तय नहुँदा अलमल भएको आयोजना प्रमुख प्रजापतिले बताए ।  सोमवार भएको जिल्ला समन्वय समिति म्याग्दीको छैठांै जिल्ला सभाले प्रयोगविहीन बेलिब्रिज स्थानान्तरणका विषयमा छलफल भए पनि ठोस् निर्णय हुन सकेन् । सम्बद्ध निकाय र बेलिब्रिज बनाएको नेपाली सेनासँग परामर्श गरेर बेलिब्रिज स्थानान्तरण गर्ने ठाउँ छनोट गरेर सिफारिस गर्ने जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।  बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत निर्माणाधीन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेवेल पुल अलपत्र बनेका छन् ।  आयोजनाका इञ्जिनीयर आश्वीनीकुमार यादवले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए ।  ‘४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जगनै खलबलाउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ’, उनले भने ‘भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।’ रासस

मनाङमा बाढीले पुल बगाएको स्थानमा दुईवटा काठेपुल निर्माण

काठमाडौं। केही दिन अघि बाढीले मनाङको चामे गाउँपालिकामा रहेको पुल बगाएपछि त्यहाँ दुईवटा अस्थायी काठेपुल निर्माण गरिएको छ। नेपाली सेनाले नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा सो पुल निर्माण गरेको हो। “चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुईवटा अस्थायी काठेपुल निर्माण गरेको छ,”सेनाले बताएको छ।

दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज

सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुव्रmबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो। पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै सास्ती बेहोरिरहेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्चीमा निर्माण थालेको छोटो समयमै बेलिब्रिज तयार भएकोमा खुसी व्यक्त गर्नुभयो। नेपाली सेनाले ४० लाख रुपियाँको लागतमा ३० दिनमा सो बेलिब्रिज निर्माण गरेको थियो।