हेलम्बु : हेलम्बुको चनौटेमा रहेको पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले चनौटेमा निर्माण भएको बेलिब्रिजको पुल आज उद्घाटन गरेका हुन्।गत असार १ को बाढीले सामान्य क्षति पुर्याएको पुल साउन १६ र १७ को बाढीले बगाएको थियो। हेलम्बु गाउँपालिका २ र ७ जोड्ने उक्त पुल नेपाली सेनाले बनाएको हो।पुल बगाएपछि हेलम्बु गाउँपालिका राष्ट्रिय राजमार्गबाट सम्बन्ध विच्छेद भएको थियो भने गाउँपालिकाकै केही वडा र मेलम्ची नगरपालिकाको केही वडा समेत पालिका केन्द्रबाट सडक सम्पर्कविहीन