बेनी–जोमसोम सडकका ४ ओटा बेलिब्रिज प्रयोगविहीन

कात्तिक २३, म्याग्दी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकमा चार ओटा बेलिब्रिज प्रयोगविहीन भएका छन् । अर्कोतर्फ सडकको विभिन्न ठाउँका खोलामा पुल नहुँदा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवतजावत् प्रभावित बनेको छ ।  स्थायी पक्की पुल निर्माण भएपछि अस्थायी रुपमा सवारीसाधन आवतजावत गराउन बनाइएको बेलिब्रिज प्रयोगविहीन बनेका हुन् । दुई ओटा बेलिब्रिज प्रयोगविहीन बनिसकेको बेनी–जोमसोम सडकका थप दुई ओटा बेलिब्रिज पनि विस्थापित हुने अवस्थामा रहेका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जानकारी दिएको छ ।  आयोजना प्रमुख जगत प्रजापतिले म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ महभिर र मुस्ताङको थासाङ गाउँपालिकाको लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलिब्रिज प्रयोगविहीन बनेको बताए ।  ‘अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा पर्ने पाखेरेबगरस्थित कालीगण्डकी र बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित राहुघाट नदीमा पनि पक्की पुल निर्माणको अन्तिम चरणमा छ’, उनले भने, ‘लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न ठेक्का सम्झौतामा उल्लेख भए पनि अन्य पुल स्थानान्तरणका लागि नीतिगत निर्णयको आवश्यकता छ ।’ विसं २०६३ मा मार्ग खुलेको ७६ किलोमिटर दूरीको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा पक्की पुल निर्माण नहुँदासम्मका लागि नेपाली सेनाले बेलिब्रिज बनाएको थियो । रघुगंगा गाउँपालिका–१ बेगखोलाको बेलिब्रिज बाढीले बढाएको थियो । अन्य ठाउँका बेलिब्रिज सामान्य मर्मत गरेर स्थानान्तरण गर्न सकिने अवस्थाका छन् ।  बेगखोला, रुप्सेखोलालगायतका ठाउँमा पुल नहुँदा बर्खा याममा बाढी आउदा बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित हुने गरेको छ । लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न पक्की पुल निर्माणको ठेक्का सम्झौतामा उल्लेख भए पनि स्थानान्तरण गर्ने ठाउँ तय नहुँदा अलमल भएको आयोजना प्रमुख प्रजापतिले बताए ।  सोमवार भएको जिल्ला समन्वय समिति म्याग्दीको छैठांै जिल्ला सभाले प्रयोगविहीन बेलिब्रिज स्थानान्तरणका विषयमा छलफल भए पनि ठोस् निर्णय हुन सकेन् । सम्बद्ध निकाय र बेलिब्रिज बनाएको नेपाली सेनासँग परामर्श गरेर बेलिब्रिज स्थानान्तरण गर्ने ठाउँ छनोट गरेर सिफारिस गर्ने जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।  बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत निर्माणाधीन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेवेल पुल अलपत्र बनेका छन् ।  आयोजनाका इञ्जिनीयर आश्वीनीकुमार यादवले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए ।  ‘४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जगनै खलबलाउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ’, उनले भने ‘भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।’ रासस

सम्बन्धित सामग्री

बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडाैँ- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी […]

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।...

अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै खुलेन

म्याग्दी । पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै संचालन हुन सकेकाे छैन् । आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डकाे ठाउँ-ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएकाे थियाे । आइतबार रातीदेखि नै अवरुद्ध भएको सडक आज (मंगलबार) बिहानसम्म पनि सिधा संचालनमा आउन सकेको छैन् । लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको […]

बेनी–जोमसोम सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ। म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।...

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने एक मात्र सडक बेनी-जोमसोम सडकको काभ्रेभीरमा पहिरो गएपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरमा शुक्रबार राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज शनिबार […]

बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडौँ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गएराती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो ।  सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले बताए ।  […]

बेनी-जोमसोम सडक अवरुद्ध

१८ असार, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध […]

बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडाैँ- म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राति पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडकको बीचमा ठूलो ढुंगा खसेर अवरोध भएको बताए। ‘सडक खुलाउने काम […]

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ।...

पर्यटकलाई बेनी–जोमसोम सडक सास्ती

दसैंको अवसरमा हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आएका पर्यटकलाई वर्षात्ले बेनी–जोमसोम सडक सास्ती बनेको छ । पाचँ दिनसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभीर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीका कारण मुस्ताङ भ्रमणमा आएका पर्यटक र यात्रुलाई सास्ती खेप्नुपरेको हो ।म्याग्दी हुँदै मुस्ताङको […]