काठमाण्डाै – आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । नेपालमा भोलि प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव पछि भने तराईका जिल्लामा हुस्सु कुहिरो हट्दै जाने अनुमान गरिएको उहाँले बताउनुभयो ।
आज बेलुका पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमका धेरै ठाउँमा भोलि पानी पर्ने र देशका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले ब...