आज र भोलि मौसम सामान्यतया सफा रहने

काठमाण्डाै – आज र भोलि देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडी भेगमा आंशिक बदली हुने सभावना रहे पनि त्यसको ठूलो असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । प्रि मनसुनको समय भएकोले दिउँसोपछि पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि रहेको उहाँले बताउनुभयो । भोलि बेलुकीसम्म पनि मौसम सामान्यतया सफा रहने र पर्सि सोमबारदेखि भने मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । मे महिना नेप...

सम्बन्धित सामग्री

देशभरको मौसम आज र भोलि सामान्यतया सफा रहने

काठमाडौँ – देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीबारे पूर्वाअनुमान बुलेटीन जारी गर्दै हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पूर्णतया सफा भने नरहेको बताएको छ। जसअुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक […]

केही प्रदेशमा आज र भोलि वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीवार र शुक्रबार केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाएको छ।बिहीवार बिहान देशमा अधिकांश स्थानको मौसम बदली रहेको छ। दिउँसो प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम बदली भए पनि बाँकी भू-भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती ‍र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहा

आजबाट मौसम सुधार हुने

उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन”, उहाँले भन्नुभयो । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने बताइएको छ । राति देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।