युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्वर्गीय प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको बताउँदै खेलाडीहरू पनि उनीजस्तै बन्न सुझाव दिएका छन् । आफूले निकै नजिकबाट दाहालको जुझारुपन महसुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरूमा पनि त्यस प्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन् । स्व. प्रकाश दाहालको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको व्यक्तित्वबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रूपान्तरणको