काठमाडौं, (नेस) । दोस्रो ‘प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता’ कात्तिकको अन्तिम साता आयोजना हुने भएको छ । आयोजक नेपाल बक्सिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २९ कात्तिकदेखि ३ मसिंरसम्म काठमाडौंमा हुने जानकारी गराएका छन् । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाउने तयारी भइरहेको नेपाल बक्सिङ […]